गोर्खा स्मारक ट्रष्टमा चर्कियो विवाद: सिबीविरुद्ध पदम अदालतमा, क्षतिपुर्तिवापत ६ करोड माग
पाेखरा | भदौ ५, २०८०
गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले संस्थाकै संस्थापक सहसचिव चन्द्रबहादुर गुरुङ (सिबी)लाई गाली, बेइज्जतीमा फिरादपत्र दायर गरेका छन् ।
अध्यक्ष गुरुङले सहसचिव सिबी र राम गुरुङलाई विपक्षी बनाई उनीहरुमाथि कारवाही र क्षतिपुर्ति दाबी गर्दै आइतबार स्याङजा जिल्ला अदालतमा फिरादपत्र चढाएका हुन् । फिरादपत्रमा गुरुङले आफ्नो स्वास्थ्यवस्था एवं पेशागत जीवनमाथि गम्भीर आघात पु¥याएको उल्लेख गरेका छन् ।
फिरादपत्रमा सिबी र रामले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ अन्तर्गत गाली, बेइज्जतीको कसुर गरेको उल्लेख छ । सिबीले ट्रष्ट परिसरमा साउन २६ गते अध्यक्ष गुरुङले प्रोष्टेस्ट क्यान्सरको बिरामी र ट्रष्ट निर्माणकानाममा विदेशबाट ८० लाख रुपैयाँ उठाएको र हिसाबकिताब नदेखाएको आरोप लगाएका थिए ।
त्यस्तै, आफु र कानूनी सल्लाहकारमाथि भौतिक आक्रमणको धम्की दिइएको पनि गुरुङले उल्लेख गरेका छन् । सिबीले ट्रष्ट परिसरमा सहभागीलाई गरेको सम्बोधनमा गुरुङ गेसो र ट्रष्टको अध्यक्षमा एकलौटी र जबर्जस्ती हावी हुन खोजेको भन्दै पैसा उठाएर अपचलन गरेको उल्लेख गरेका थिए ।
अदालतमा चढाइएको फिरादपत्रमा गुरुङले सिबीविरुद्ध ३ वर्ष कैद, ३० हजार रुपैयाँ जरिवाना र ५ करोड रुपैयाँ क्षतिपुर्ति माग गरेका छन् । साथै, अर्का प्रतिवादी रामविरुद्ध १ वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना र १ करोड रुपैयाँ क्षतिपुर्तिस्वरुप भराइपाउँ भनि उल्लेख गरेका छन् ।
फिरादपत्र दर्तापश्चात अदालतले दुबै प्रतिवादीलाई असोज २५ गते बिहान १० बजे हाजिर हुन तारिख पर्चा काटेको छ ।
गोरखा स्मारक निर्माणाधीन अवस्थामै करिब ४ वर्ष अघिदेखि अध्यक्ष गुरुङ र सिबीबीच द्वन्द्व सुरु भएको हो । त्यसबेला गुरुङले राजधानीमै पत्रकार सम्मेलन गरी आफुलाई बिना जानकारी सिबीले पर्यटन विभागबाट रकम लिएको बताएका थिए । ट्रष्टका पदाधिकारीले आफुखुशी पैसा उठाउन थालेपछि अध्यक्ष गुरुङले छानबीन अघि बढाइने बताएका थिए ।
विवादकैबीच सिबी समूहले गुरुङलाई हटाई उपाध्यक्ष जंगबहादुर गुरुङलाई अध्यक्षमा चयन गरेपछि गुरुङ त्यसबेला पनि अदालत पुगेका थिए ।
यसैबीच गुरुङले भूपू सैनिकको लगानीमा बनाउन सुरु गरिएको ट्रष्टमा सरकारले डाँका शैलीमा अतिक्रमण गरेको आरोप लगाएका थिए । त्यसबेला गुरुङले सांसद कोषबाट १० लाख, पर्यटन विभागबाट ५० लाख र सहरी तथा भवन निर्माण मन्त्रालयमार्फत ५ करोड रुपैयाँ विनियोज भएको जनाएका थिए ।
यही आरोप–प्रत्यारोपबीच सिबीले गाली, बेइज्जती र मानहानी गरेको भन्दै अध्यक्ष गुरुङ गत आइतबार फिरादपत्र बोकेर वकिलसहित अदालत पुगेका हुन् ।
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

